‘आइस व्वाई’ को नामले चर्चित एक चिनियाँ बालकलाई उनी पढ्ने विद्यालयले निस्कन दवाब दिएको छ । उनको अन्तर्वार्ता लिन दिनदिनै मिडियाको ओइरो लाग्नाले दिक्क भएर प्रधानाध्यापकले उनलाई स्कुल फेर्न भनेका हुन् ।
आठ वर्षीय बालक वाङ फुवान घरबाट टाढा रहेको झुआन्सान्बाओ स्कुलमा परीक्षा दिनका लागि ठण्डीमा कयौं माइल हिँड्नु परिरहेको कथा बाहिर आएपछि उनी सर्वत्र चिनिएका थिए । उनको कथा भाइरल भएपछि सहयोग जुट्यो र गत महिना उनी सिन्ह्वा स्कुलमा ट्रान्सफर भए ।
तर, त्यसको एक हप्तामै फुमानका बुवा वाङ गाङुकुईलाई प्रधानाध्यापकले बोलाएर उनको छोरालाई पुरानै स्कुलमा फिर्ता लैजान भनेको साउथ चाइना मर्निङ पोष्टले जनाएको छ ।
स्कुलका प्रधानाध्यापक याङले फुमानको चर्चाले गर्दा स्कुलले स्थानीय सरकारबाट निरीक्षणका लागि तथा मिडियाहरुबाट अन्तर्वार्ताका लागि अनुरोध आइरहेको बताए । अनलाइन खबरबाट