
करण राई बने ‘द भ्वाइस अफ नेपाल’को चौथो सिजनका विजेता
काठमाडौं । करण राई ‘द भ्वाइस अफ नेपाल’को चौथो सिजनका विजेता बनेका छन् । शुक्रबार भएको ग्राण्ड फिनालेमा दर्शकको भोटको आधारमा उनी विजेता बनेका हुन् । विजेता बनेका करणले नगद २५ लाखसहित पल्सर एन १६० मोटरसाइकल, साढे दुई तोला सुनको सिक्री, ग्यालेक्सी जेड फोल्ड फोन पुरस्कार प्राप्त गरे । करणले टिम राजुबाट प्रतिस्पर्धा गरेका थिए […]

स्वरसम्राट नारायण गोपालको ३२ औं स्मृति दिवस मनाइँदै
काठमाडौं । आज सोमबार स्वरसम्राट नारायण गोपालको ३२ औं स्मृति दिवस मनाइँदैछ । नेपाली आधुनिक गीत संगीतको दुनियाँमा अद्भूत छाप छाड्न सफल नारायण गोपालको वि.सं. २०४७ साल मंसिर १९ गते निधन भएको थियो । वि.सं. १९९६ सालको असोज १८ गते काठमाडौंको किलागलमा जन्मिनु भएका नारायण गोपालको ५१ वर्षकै उमेरमा निधन भएको थियो । नारायण गोपालले […]

मंसिर १७ गते साहित्य चौतारीमा मासिक काव्यसभा र नारायणगोपाल स्मृति साँझ
बिर्तामोड । साहित्य चौतारी झापाले मंसिर १७ गते मासिक सांगीतिक काव्यसभा आयोजना गरेको छ । विशिष्ट गायक तथा संगीतकार कर्म योञ्जनको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना गरिएको हो । संगीतकार जीवन अधिकारी तथा विष्णु अधिकारीको विशेष उपस्थितिमा कार्यक्रम हुनेछ । मासिक सांगीतिक काव्यसभाको अवसरमा गायक तथा संगीतकार बलराम राजवंशीलाई विशिष्ट प्रतिभा सम्मानद्वारा सम्मान गरिने साहित्य चौतारीका […]

महाकवि देवकोटाको कविकुञ्ज सङ्ग्रहालयमा परिणत
काठमाडौं । महाकवि लक्ष्मीप्रसाद देवकोटाको काठमाडौँ महानगरपालिका–३० मैतीदेवीस्थित कविकुञ्ज लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालयमा परिणत भएको छ । शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले सङ्ग्रहालय उद्घाटन गरेका हुन् । करिब एक रोपनी जग्गासहितको चार तले घर निर्माण गरी प्रतिष्ठानले कविकुञ्जलाई सङ्ग्रहालयका रूपमा स्थापित गरेको हो । महाकवि देवकोटाको जीर्ण भइसकेको घर भत्काएर पुरानै स्वरूपमा भवन बनाएर […]

चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भुवन केसीविरुद्ध सर्वोच्चमा रिट दायर
काठमाडौँ । चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भुवन केसीको नियुक्ति बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। विकास बोर्डको अध्यक्षका प्रत्यासीहरू नरेश पौडेल, अरुण प्रधानलगायतले केसीको नियुक्ति बदरको माग गर्दै बिहीबार रिट दायर गरेका हुन्। रिटमाथि सोमबार पेसी तोकिएको छ। केसीको शैक्षिक योग्यतादेखि उमेरसम्म विवादास्पद देखिएको, उनीविरुद्ध यौन दुर्व्यवहारको मुद्दा अदालतमा विचाराधीन रहेकै […]

प्रियंका रानी जोशी बनिन् ‘मिस नेपाल २०२२’
काठमाडौं। प्रियंका रानी जोशी सन् २०२२ को मिस नेपाल बनेकी छन्। शनिबार काठमाडौं आयोजित ग्रान्ड फिनालेमा जोशी मिस नेपाल भएकी हुन्। उनलाई पूर्व मिस नेपाल नम्रता श्रेष्ठले ताज लगाइदिएकी थिइन्। यस्तै उनले टाटा टियागो मिस डिलाइटको उपाधि पनि जित्न सफल भएकी छन्।