Loading...
You are here:  Home  >  खेलकुद  >  Current Article

कर्मचारीबीचको ब्याडमिन्टन प्रतियोगिताको उपाधि बाणिज्य बैंक बिर्तामोड शाखाको जोडीलाई

२१ भदौ,   खबरमञ्च,   at 8:43 PM

By   /  September 6, 2022  /  Comments Off on कर्मचारीबीचको ब्याडमिन्टन प्रतियोगिताको उपाधि बाणिज्य बैंक बिर्तामोड शाखाको जोडीलाई

    Print       Email

झापा । निजामती सेवा दिवस २०७९ को अवसरमा कर्मचारी मिलन केन्द्र भद्रपुरका सदस्यहरूबीच गराइएको मेन्स डबल ब्याडमिन्टन प्रतियोगिताको उपाधि राष्ट्रिय बाणिज्य बैंक बिर्तामोड शाखाको जोडीले हात पारेको छ ।

मंगलबार भएको फाइनल खेलमा नेपाल विद्युत प्राधिकरण दमक वितरण केन्द्रको जोडीलाई २१–७, २१–१२ को सोझो सेटमा हराउँदै बाणिज्य बैंक बिर्तामोड शाखा विजयी बनेको हो ।

बाणिज्य बैंकको तर्फबाट प्रज्जवल ओझा र खगेन्द्र कन्दङ्वाको जोडी तथा विद्युत प्राधिकरण दमक वितरण केन्द्रको तर्फबाट धिरेन्द्र बजगाइँ र टंकप्रसाद उप्रेतीको जोडीबीच अन्तिम प्रतिष्पर्धा भएको थियो ।

बाणिज्य बैंकको जोडीले सेमीफाइनलमा जिल्ला अदालत झापाका न्यायाधीशद्वय चन्द्रमणि ज्ञवाली र रमेशप्रसाद रिजालको जोडीलाई हराउँदै फाइनलको यात्रा तय गरेको थियो ।

त्यस्तै अर्जुनधारा नगरपालिकाका हिमराज सेढाइँ र विपीन लम्सालको जोडीलाई हराउँदै नेपाल विद्युत प्राधिकरण दमक वितरण केन्द्रको जोडी फाइनल पुगेको थियो ।

विजेताले नगद १० हजार र उपविजेताले नगद ७ हजार पुरस्कार पाउनेछन् । उनीहरूलाई भदौ २२ गते निजामती सेवा दिवस समारोहमा वितरण गरिनेछ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

मैत्रीपूर्ण फुटबलः नेपालद्वारा बंगलादेश पराजित

Read More →