Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

कर्णाली प्रदेशका सांसदलाई कोरोना भाइरसको सङ्क्रमण, प्रदेश सभामा तनाव

३० असार,   खबरमञ्च,   at 2:55 PM

By   /  July 14, 2020  /  Comments Off on कर्णाली प्रदेशका सांसदलाई कोरोना भाइरसको सङ्क्रमण, प्रदेश सभामा तनाव

    Print       Email

विरेन्द्रनगर । कर्णाली प्रदेशका एकजना प्रदेश सभा सदस्यलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि उक्त प्रदेश सभामा तनाव श्रृजना भएको छ।

नेपाली कांग्रेसका नेता जीवनबहादुर शाहीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि तनाव भएको हो।

पीसीआर परीक्षणमा शाहीलाई संक्रमण देखिएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य शाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले बताए।

उनको सम्पर्कमा रहेका अन्य नेता, सांसद, पत्रकार लगायतको कन्ट्याक्ट ट्रेसिङ शुरु गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

पर्सामा थप ३४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

Read More →