Loading...
You are here:  Home  >  प्रदेश समाचार  >  Current Article

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले हटाए प्रमुख सचेतक, नेपाली नयाँ प्रमुख सचेतक

२६ असोज,   खबरमञ्च,   at 3:06 PM

By   /  October 12, 2020  /  Comments Off on कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले हटाए प्रमुख सचेतक, नेपाली नयाँ प्रमुख सचेतक

    Print       Email

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही सत्तारुढ नेकपाका प्रमुख सचेतक गुलाबजंग शाहलाई हटाएर सीताकुमारी नेपालीलाई बनाएका छन्।

नेपाली यस अघि सचेतक थिइन्।

आफ्नै पार्टीका सांसदले शनिबार कर्णालीका मुख्यमन्त्री शाहीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेपछि उनले प्रमुख सचेतक परिवर्तन गरेका हुन्।

कर्णाली प्रदेश सभामा रहेका नेकपाका ३३ सांसदमध्ये १८ जनाले पार्टीका संसदीय दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरूद्ध नेकपा संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता गराएका छन्।

सोही विषयमा सोमबार बिहान सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच छलफल भएको थियो।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

भारतीय सेनाध्यक्षकाे नेपाल भ्रमणको मिति तय, सीमा रक्षा र सुरक्षा मुख्य एजेण्डा

Read More →