Loading...
You are here:  Home  >  प्रदेश समाचार  >  Current Article

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीविरुद्ध नेकपा सांसदद्वारा संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता

२५ असाेज,   खबरमञ्च,   at 2:30 PM

By   /  October 11, 2020  /  Comments Off on कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीविरुद्ध नेकपा सांसदद्वारा संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता

    Print       Email

काठमाडौ‌ं। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएकाे छ ।

शाहीविरुद्ध आइतबार सत्तारुढ नेकपाकै सांसदहरुले संसदीय दलकाे कार्यालयमा अविश्वास प्रस्ताव दर्ता गराएका हुन् ।

यामलाल कँडेल, चक्रबहादुर शाही, प्रदेश सरकारकी उपसभामुख पुष्पा घर्तीमगरलगायत नेकपाका १८ जना सांसदहरुले हस्ताक्षर गरी शाहीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका हुन् । संसदीय दलका प्रमुख सचेतक गुलाबजङ्ग शाहलाई बुझाएकाे उक्त प्रस्ताव प्रदेश सभा सचिवालयमा भने दर्ता भएकाे छैन ।

खबरमञ्चसँग कुरा गर्दै उपसभामुख घर्तीमगरले अहिले संसदीय दलमा प्रस्ताव दर्ता गराएकाे र दलमार्फत प्रक्रिया अगाडि बढाउने बताइन् ।

उनीहरुले अविश्वास प्रस्ताव दर्ता गराउँदै तत्काल संसदीय दलकाे बैठक बाेलाउन पनि माग गरेका छन् । संसद बैठक बाेलाउन पनि माग गरेका छन् ।

उनीहरुले मुख्यमन्त्री शाही निर्वाचित भएयता संसदीय दलकाे नेताका रुपमा प्रभावकारी काम कारवाही गर्न नसकेकाे र यसकाे असर जनस्तरमा पर्न थालेकाे भन्दै मार्ग प्रशस्त गरिदिन भन्दै अविश्वासकाे प्रस्ताव ल्याएकाे उल्लेख गरेका छन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

केन्द्रलाई कर्णाली प्रदेशकाे काउन्टर: काेराेना संक्रमितकाे नि:शुल्क परीक्षण र उपचार

Read More →