Loading...
You are here:  Home  >  प्रदेश समाचार  >  Current Article

कर्णाली प्रदेशः अन्तरजातीय बिहेकाे विषयमा भएकाे घटनाकाे छानबिन गर्न उच्चस्तरीय समिति गठनकाे माग

१२ जेठ,   खबरमञ्चडेस्क,   at 9:31 PM

By   /  May 25, 2020  /  Comments Off on कर्णाली प्रदेशः अन्तरजातीय बिहेकाे विषयमा भएकाे घटनाकाे छानबिन गर्न उच्चस्तरीय समिति गठनकाे माग

    Print       Email

सुर्खेत । कर्णाली प्रदेशसभामा अन्तरजातीय बिहेको विषयलाई लिएर रुकुम पश्चिममा भएको घटनाको छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्न प्रदेशसभा सदस्यहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रदेशसभाको छैटौँ अधिवेशनको दोस्रो बैठककाे विशेष समयमा बोल्ने सदस्यहरुले उक्त घटनाको अनुसन्धान गरी दोषीलाई कडा कारवाहीको सिफारिस गर्न प्रदेश सरकारसंँग माग गरेका हुन् ।

प्रदेशसभा सदस्य सीता नेपालीले रुकुम घटनाको उच्चस्तरीय छानबिन समिति गठन गर्न अविलम्ब गर्न जोड दिइन् । घटना भएको तीन दिन बितिसक्दा बेपत्ताहरुको खोजीमा बेवास्ता गरिएको भन्दै उहाँले आपत्ति जनाइन् ।

रुकुमपश्चिम क्षेत्रका प्रदेशसभा सदस्य रातो कामीले तत्काल संसदीय समिति गठनको माग गरे । “दुलही लिन पुगेका चार जना अझै बेपत्ता भएकाले खोजी कार्यमा प्रदेश सरकार गम्भीर बन्नुपर्दछ”, उनले भने, “पीडित परिवारलाई न्याय र सामाजिक सद्भाव कायम गराउन सरकार गम्भीरतापूर्वक लाग्नुपर्छ ।” पे्रम प्रसङ्ग र अन्तरजातिय बिहेकै कारण घटना भएकाले यसबाहेक अन्य कुनै कारण नभएको उहाँको भनाइ थियो ।

प्रदेशसभा सदस्यहरु पद्मा खड्का, बद्मी क्वारी बोहरा, कौशिलावती खत्री, दानसिंह परियार, गणेशप्रसाद सिंहलगायतले घटनाको निन्दा गरेका थिए  ।

यसैबीच प्रदेशसभाकाे आजकाे बैठकमा विनियोजन विधेयक २०७७ पनि प्रस्तुत गरिएको छ । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले विधेयक प्रस्तुत गरेका हुन्। रासस

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

‘एक केजी सलह किरा ल्याउनु होस्, २० रुपैयाँ लिएर जानुहोस्’

Read More →