Loading...
You are here:  Home  >  कला / साहित्य  >  Current Article

करण राई बने ‘द भ्वाइस अफ नेपाल’को चौथो सिजनका विजेता

९ पुस,   खबरमञ्च,   at 8:20 AM

By   /  December 24, 2022  /  Comments Off on करण राई बने ‘द भ्वाइस अफ नेपाल’को चौथो सिजनका विजेता

    Print       Email

काठमाडौं । करण राई ‘द भ्वाइस अफ नेपाल’को चौथो सिजनका विजेता बनेका छन् ।

शुक्रबार भएको ग्राण्ड फिनालेमा दर्शकको भोटको आधारमा उनी विजेता बनेका हुन् ।

विजेता बनेका करणले नगद २५ लाखसहित पल्सर एन १६० मोटरसाइकल, साढे दुई तोला सुनको सिक्री, ग्यालेक्सी जेड फोल्ड फोन पुरस्कार प्राप्त गरे ।

करणले टिम राजुबाट प्रतिस्पर्धा गरेका थिए । टिम राजेश समूहबाट सविना योङहाङ लिम्बू फस्ट रनरअप घोषित भइन् ।

टिम प्रमोदबाट योगेश मगर सेकेण्ड रनरअप घोषित भए । टिम प्रविशाबाट शाइल लिम्बू थर्ड रनरअप बने ।

ग्राण्ड फिनाले भव्य र रोचक बनेको थियो जहाँ अन्तिम ११ मा पर्न सफल ट्यालेन्टले गायकी प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

स्वरसम्राट नारायण गोपालको ३२ औं स्मृति दिवस मनाइँदै

Read More →