Loading...
You are here:  Home  >  अपराध  >  Current Article

कमलादीमा भेटिएको १५ किलो धातुः आधा किलोे सुन, साढे १४ किलो चाँदी

2020/07/28,    at 2:43 PM

By   /  July 28, 2020  /  Comments Off on कमलादीमा भेटिएको १५ किलो धातुः आधा किलोे सुन, साढे १४ किलो चाँदी

    Print       Email

काठमाडौं । काठमाडौंको कमलादीबाट बरामद भएको सुन जस्तो देखिने १५ किलो पहेंलो धातुमध्ये आधाकिलोमात्र सुन नभएको पाइएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंले पत्रकार सम्मेलन गरी १५ किलो मध्ये साढे १४ किलो चाँदी र आधाकिलो मात्र सुन रहेको पाइएको जानकारी दिएको हो ।

परिसरका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीक अनुसार १५ किलो मध्ये साढे १४ किलो चाँदीमा बाहिरबाट सुन लेपन गरिएको परिक्षणबाट खुल्न आएको छ ।

प्रहरीले बरामद गरेको धातुमध्येको सुनको मुल्य मंगलबारको बजार अनुसार ४२ लाख ९ हजार पाँच सय बराबरको रहेको पनि प्रहरीले जनाएको छ । यस्तै चाँदीको मूल्य यस्तै साढे १४ किलो चाँदीको मूल्य १५ लाख ५६ हजार रहेको छ ।

उक्त परिमाणको सुनचाँदीसहितको झोला फालेर तस्करहरु फरार भएको भन्दै अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
उक्त झोलाबाट दुई थान पेस्तोल समेत बरामद भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

मेचीनगर ४ का प्रधानको हत्या, रातारात पक्राउ परे अभियुक्त

Read More →