Loading...
You are here:  Home  >  कला / साहित्य  >  Current Article

कबड्डी–४ की नायिका मगरले निर्दोषलाई फसाएको भन्दै काठमाडौंमा प्रदर्शन

१७ जेठ,   खबरमञ्च,   at 2:51 PM

By   /  May 31, 2022  /  Comments Off on कबड्डी–४ की नायिका मगरले निर्दोषलाई फसाएको भन्दै काठमाडौंमा प्रदर्शन

    Print       Email

काठमाडौं । अभिनेत्री मिरुना मगरलाई दुर्व्यवहार गरेको आरोपमा निर्दोषलाई फसाइएको भन्दै काठमाडौंको चावाहीलमा विरोध प्रदर्शन गरिएको छ ।

बौद्ध भिक्षु समेत रहेका फुर्वा लामालाई फसाउने चलचित्र ‘कबड्डी–४’ की नायिका मगरले सार्वजनिक रुपमा माफी माग्नुपर्ने मागसहित एक समूहले काठमाडौंको चावाहीलस्थीत केएल टावर अगाडि प्रदर्शन गरेका हुन् ।

चलचित्रको प्रचारका लागि गएका बेला आफुमाथि अभद्र व्यवहार गरेको भन्दै नायिका मगरले लामालाई पक्राउ गराएकी थिइन् ।

प्रदर्शनका क्रममा उनीहरुले कबड्डी–४ पोष्टर जलाएका थिए । यसैबीच लामालाई मंगलबार धरौटीमा रिहा गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

स्वरसम्राट नारायण गोपालको ३२ औं स्मृति दिवस मनाइँदै

Read More →