
विर्तामोड । मंगलबार झापाका पाँच जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ।
कनकाई नगरपालिकाका २ महिला र २ पुरुष, मेचीनगरका १ पुरुषमा कोरोना भाइरसको सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले जानकारी दिए।
प्रदेश १ मा संक्रमितको संख्या ६ सय ७ पुगे छ ।