Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

कनकाई नगरपालिकाः फराकिलो मतान्तरका साथ मेयरमा राजेन्द्र पोखरेल अगाडि

३ जेठ,   खबरमञ्च,   at 8:13 AM

By   /  May 17, 2022  /  Comments Off on कनकाई नगरपालिकाः फराकिलो मतान्तरका साथ मेयरमा राजेन्द्र पोखरेल अगाडि

    Print       Email

झापा । झापाको कनकाई नगरपालिकाको ताजा मत परिणाम अनुसार मेयर पदमा नेकपा एमालेका उम्मेदवार तथा निवर्तमान मेयर राजेन्द्र पोखरेलले मतान्तर फराकिलो बनाएका छन्।

ताजा मत परिणाम अनुसार पोखरेलले ६६११ मत ल्याएका छन्। उनका निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका रुद्र चिमरियाले ४९५३ मत ल्याएका छन्। त्यसैगरी स्वतन्त्र उम्मेदवार शेरबहादुर थापाले ४७०२ मत पाएका छन्।

थापा मतगणनाको सुरुवाती क्रममा अग्र स्थानमा थिए। अहिले उनी तेस्रो स्थानमा झरेका छन्।

उपमेयरतर्फ नेपाली कांग्रेसकी उम्मेदवार आशा शर्माले ८०८७ मत पाएर अग्रस्थानमा छिन्।

नेकपा एमालेकी उम्मेदवार मञ्जु प्रसाईंले ६८०७ मत पाएकी छिन् भने राप्रपाकी उम्मेदवार सचित्रा खनाल चुँडालले १३७८ मत पाएकी छिन्।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

कांग्रेसले असार २७ गतेका लागि बोलायो केन्द्रीय समिति बैठक

Read More →