Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

कचनकवल ३ मा कांग्रेसको प्यानल नै विजयी

२ जेठ,   खबरमञ्च,   at 6:19 AM

By   /  May 16, 2022  /  Comments Off on कचनकवल ३ मा कांग्रेसको प्यानल नै विजयी

    Print       Email

झापा । कचनकवल गाउँपालिका ३ मा पनि नेपाली काँग्रेसको प्यानल नै विजयी भएको छ ।

राप्रपाका उम्मेदवार विजयकुमार राजवंशीलाई ५४४ मतान्तरले हराउँदै काँग्रेसका ग्यास आजमल मिया वडाध्यक्षमा विजयी भएका हुन् । मियाले १३७५ र राजवंशी ८३१ मत ल्याएका छन् ।

राजवंशी सोही वडाका निवर्तमान वडा अध्यक्ष हुन् । त्यस्तै वडा सदस्यहरूमा काँग्रेसबाटै मेघलाल राजवंशी, सूर्यनारायण राजवंशी, विष्णुमाया अधिकारी र शोभा सुनदास विजयी भएका छन् ।

यसअघि काँग्रेसले कचनकवल १ मा प्यानल नै जितिसकेको छ ।  

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

कांग्रेसले असार २७ गतेका लागि बोलायो केन्द्रीय समिति बैठक

Read More →