
विर्तामोड । झापाको कचनकवल गाउँपालिकाले प्रजातन्त्र दिवसका अवसरमा सार्वजनिक विदा दिएको छ ।
गाउँपालिकाले एक सूचना जारी गर्दै फागुन ७ गतेको प्रजातन्त्र दिवसका लागि स्थानिय सार्वजनिक विदा दिएको हो ।
राप्रपाले जितेको यस स्थानीय तहले विगतका वर्षमा पनि सार्वजनिक विदा दिँदै आएको थियो ।