Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

कचनकवलका १७ सङ्क्रमित निको भए, क्वारेन्टाइनका केहीको पुनः परीक्षणको रिपोर्ट नआउँदा तनाव

२० जेठ,   खबरमञ्च,   at 12:42 PM

By   /  June 2, 2020  /  Comments Off on कचनकवलका १७ सङ्क्रमित निको भए, क्वारेन्टाइनका केहीको पुनः परीक्षणको रिपोर्ट नआउँदा तनाव

    Print       Email

विर्तामोड । झापाको कचनकवल गाउँपालिकाका केही सङ्क्रित निको भएर घर फर्किसक्दा पनि आफूहरुको पुनः परीक्षणको रिपोर्ट नआएकाले घर जान नपाएको भन्दै क्वारेन्टाइनमा बसेकाहरुले आपत्ति जनाएका छन्।

आफूहरुलाई छिटो घर पठाउन माग गर्दै झापाको कचनकवल गाउँपालिकाको बनियानीस्थित लक्ष्मी प्रसाद देवकोटा माध्यमिक विद्यालयमा रहेको क्वारेन्टिनमा बसेकाहरु आन्दोलित भएका हुन्।

पहिलाको परीक्षणमा कोरोना भाइरस पोजेटिभ देखिएका केही निको भएर घर फर्किसकेका छन्। तर आफूहरुको पहिलाको परीक्षणको रिपोर्ट नेगेटिभ आएको र पुनः परीक्षणका स्वाब पठाएको एक साता बित्न लाग्दा पनि रिपोर्ट नआएर घर जान नपाएको अझै पनि क्वारेन्टाइनमा बसिरहेकाहरुले आपत्ति जनाएका हुन्।

पहिले आफूहरुसँगै रहेका १७ जना कोरोना संक्रमित विरामी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट डिस्चार्ज भइसक्दा पनि आफूहरुलाई क्वारेन्टिनमै राखिएको भन्दै उनीहरु आन्दोलित भएका हुन्।

कचनकवल गाउँपालिकाका अध्यक्ष अन्जरा आलमले प्रयोगशालाले रिपोर्ट ढिलो दिएका कारण अहिलेको तनाव व्यवस्थापन गर्न गाह्रो भएको खबरमञ्चलाई बताए।

उनले भने, ‘क्वारेन्टाइनमा बसेकाहरुको माग पनि जायज छ। सङ्क्रमित त निको भएर घर आइसके। उनीहरुको रिपोर्ट अहिलेसम्म किन आउँदैन छक्क परिरहेको छु।’

अहिले लक्ष्मीप्रसाद देवकोटा माविको क्वारेन्टाइनमा ४२ जनालाई राखिएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

कोरोना भाइरसको सङ्क्रमण बढेपछि अप्नाउनुपर्ने रणनीतिका बारेको छलफल बालुवाटारमा शुरु

Read More →