Loading...
You are here:  Home  >  शिक्षा  >  Current Article

कक्षा १२ काे परीक्षाफल सार्वजनिक, कसरी हेर्नेे ?

१९ माघ,   खबरमञ्च,   at 10:58 AM

By   /  February 1, 2021  /  Comments Off on कक्षा १२ काे परीक्षाफल सार्वजनिक, कसरी हेर्नेे ?

    Print       Email

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको छ ।

केहीबेरअघि सम्पन्न बोर्ड बैठकको निर्णयले नतिजा प्रकाशित गर्ने निर्णय गरेकाे र अहिले नतिजा अपलाेड भइरहेकाे परीक्षा बाेर्डका अध्यक्ष डा. चन्द्रमणि पाैडेलले बताए ।

यद्यपि विद्यार्थीहरुले नतिजा हेर्न केही समय कुर्नु पर्नेछ ।

नतिजा एनटीसीबाट १६०० मा डायल गरेर हेर्न सकिने छ ।

कोरोना भाइरस संक्रमणका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा ९ मंसिरबाट सुरु भएको थियो । परीक्षामा देशभरबाट चार लाख ३२ हजार परीक्षार्थी सहभागी भएका थिए ।

बोर्डले यस वर्ष ४० प्रतिशत अंकका लागि मात्र परीक्षा लिएको थियो । थप ४० प्रतिशत अंक कक्षा ११ को र २० प्रतिशत अंक कक्षा १२ को आन्तरिक मूल्यांकनबाट जोडेर नतिजा प्रकाशित गरिएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

असारदेखि नयाँ शैक्षिक सत्र सुरु गर्ने शिक्षा मन्त्रालयको तयारी

Read More →