Loading...
You are here:  Home  >  शिक्षा  >  Current Article

कक्षा १२ काे परीक्षाकाे तयारी गर्दै बाेर्ड, विद्यार्थीकाे विवरण संकलन गर्ने

२७ भदाै,   खबरमञ्च,   at 8:00 PM

By   /  September 12, 2020  /  Comments Off on कक्षा १२ काे परीक्षाकाे तयारी गर्दै बाेर्ड, विद्यार्थीकाे विवरण संकलन गर्ने

    Print       Email

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएकाे काेराेना भाइरस संक्रमणका कारण शैक्षिकसत्र प्रभावित भएकाे छ ।

जसका कारण विभिन्न तहमा परीक्षाहरु स्थगित भएका छन् । यसैबीच राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ का विद्यार्थीहरुको विवरण संकलन गर्ने भएकाे छ ।

परीक्षा कहिले गर्ने भन्ने अन्याैल भइरहेका बेला बाेर्डले आफ्ना विद्यार्थीहरु कहाँ कुन अवस्था छन् र परीक्षा लिनु परेकाे खण्डमा के कसरी सञ्चालन गर्न सकिन्छ भनेर विवरण सुरु गर्न लागेकाे हाे ।बाेर्डले विद्यार्थीहरूको विवरण सात दिनभित्र बोर्डको प्रदेश वा शाखा कार्यालयमा आइपुग्नु पर्ने जनाएकाे छ  ।

कक्षा १२ को परीक्षा आवेदन भरेका र हाल आफू अध्ययनरत विद्यालय भन्दा टाढा रहेका विद्यार्थीले मात्रै हाल बसिरहेको स्थान र आफू बसिरहेको स्थान नजिकको कक्षा १२ पढाई हुने विद्यालय, कोड र ठेगाना सहितको विवरण उपलब्ध गराउनु पर्नेछ ।

कक्षा ११ का हकमा भने आन्तरिक मुल्याङ्कनबाटै अंक दिने भन्ने निर्णय भइसकेकाे छ । तर कक्षा १२ काे भने बैकल्पिक विधिबाट परीक्षा लिने भएकाे छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

भद्रपुरका दुई विद्यालयमा अध्ययनरत ५ जना विद्यार्थीलाई लायन्स क्लब अफ बालाजुकाे छात्रवृत्ति

Read More →