Loading...
You are here:  Home  >  कला / साहित्य  >  Current Article

कक्षा १२ उत्तीर्ण भइन् करिश्मा मानन्धर, ग्रामीण विकास पढ्ने रहर

१७ मंसिर,   खबरमञ्च,   at 4:22 PM

By   /  December 3, 2021  /  Comments Off on कक्षा १२ उत्तीर्ण भइन् करिश्मा मानन्धर, ग्रामीण विकास पढ्ने रहर

    Print       Email

काठमाडौं । नायिका करिश्मा मानन्धर कक्षा १२ उत्तीर्ण भएकी छन् । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको नतिजामा उनी उत्तीर्ण भएकी हुन् । 

आफू कक्षा १२ उत्तीर्ण भएको करिश्माले न्युज कारखानालाई जानकारी दिइन् । ‘म दुईवटा विषयमा ए प्लस ल्याएँर पास भएँ’, न्युज कारखानासँग भनिन्, ‘तर, समग्रमा मेरो २.४१ जीपीए आएको छ ।’ 

गोदावरीस्थित किटनी कलेजबाट कक्षा १२ उत्तीर्ण गरेकी उनी अब ग्रामीण विकास विषय लिएर स्नातक अध्ययन गर्ने तयारीमा रहेको बताइन् ।

‘म अब ग्रामीण विकास लिएर पढ्ने इच्छा छ’, उनले भनिन्, ‘यही कलेज (किटनी कलेज)मा ग्रामीण विकास छ कि छैन । बुझ्नुपर्नेछ ।’ 

किटनी कलेजमा ग्रामीण विकास विषय नभएमा उनले कलेज परिवर्तन गर्ने जानकारी दिइन् । 

यसैबीच गायिका रचना रिमाल पनि कक्षा १२ उत्तीर्ण भएकी छन् । 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

‘द भ्वाइस किड्स’कोे पहिलोे सिजनको उपाधि झापाका जेनिश उप्रेतीले जिते

Read More →