
काठमाडौँ । कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्न सर्वोच्च अदालतले बाटो खोलिदिएको छ।
पुरानै पाठ्यक्रमलाई निरन्तरता दिनुपर्ने माग गर्दै परेको रिट निवेदनमा मंगलबार सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि नयाँ पाठ्यक्रम लागू गर्न बाटो खुलेको हो।
गत असोज २८ गते भगवता अर्यालले पुरानै पाठ्यक्रमलाई मान्यता दिनुपर्ने जिकिरसहित सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए।
यसअघि पटक पटक सुनुवाइ सरे पनि मंगलबार न्यायाधीश तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै निर्देशनात्मक आदेश जारी गरेको हो।