Loading...
You are here:  Home  >  शिक्षा  >  Current Article

कक्षा ११ पढ्न एसईईमा अंग्रेजी, गणित र विज्ञानमा न्यूनत्तम ‘डी प्लस’ ल्याउनै पर्ने प्रावधान हट्यो

४ असोज,   खबरमञ्च,   at 7:25 PM

By   /  September 20, 2020  /  Comments Off on कक्षा ११ पढ्न एसईईमा अंग्रेजी, गणित र विज्ञानमा न्यूनत्तम ‘डी प्लस’ ल्याउनै पर्ने प्रावधान हट्यो

    Print       Email

काठमाडौं । कक्षा ११ मा भर्ना हुन माध्यमिक शिक्षा परीक्षा (एसईई) मा अंग्रेजी, गणित र विज्ञानमा न्यूनत्तम ‘डी प्लस’ ल्याउनै पर्ने प्रावधान हटेको छ।

राष्ट्रिय पाठ्यक्रम विकास केन्द्र तथा मूल्यांकन परिषद्ले उक्त प्रावधान हटाएको हो।

जीपीए १.६ र डी प्लस दुवै ल्याउनु पर्ने प्रावधान राख्दा हजारौं विद्यार्थीले कक्षा ११ पढ्न नपाउने भएपछि त्यो निर्णय हटाइएको केन्द्रले जनाएको छ।

एसईईमा औसत ग्रेड प्वाइन्ट (जीपीए) १.६ ल्याएका विद्यार्थीले कक्षा ११ मा भौतिक विज्ञान, रसायन विज्ञान, जीव विज्ञान र गणित बाहेकका विषय पढ्न पाउने निर्णय गरेको पाठ्यक्रम विकास केन्द्रले जनाएको छ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

डा. केसीसंग सरकारले शुरु गर्यो वार्ता

Read More →