Loading...
You are here:  Home  >  स्वास्थ्य  >  Current Article

औषधि व्यवस्था विभाग विराटनगरमा कार्यरत अधिकृत अख्तियारको फन्दामा

१४ फागुन,   खबरमञ्च,   at 8:01 AM

By   /  February 26, 2021  /  Comments Off on औषधि व्यवस्था विभाग विराटनगरमा कार्यरत अधिकृत अख्तियारको फन्दामा

    Print       Email

मोरङ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले नेपाल औषधि व्यवस्था विभाग विराटनगरमा कार्यरत एक अधिकृतलाई घुसको रकमसहित बिहीबार पक्राउ गरेको छ।

आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले विभागका अधिकृत सरोज सुवेदीलाई रु दुई लाख घुसको रकमसहित विराटनगर–३ दूधफारम अगाडिबाट पक्राउ गरेको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए।

कारवाही परी बन्द गरिएको फार्मेसीको मुद्दा मिलाइदिने भन्दै घुस लिने क्रममा घुस रकमसहित आयोगको ‘स्टिङ अपरेसन’बाट पक्राउ गरिएको हो।

करारका कर्मचारी रहेका सुवेदी विगत डेढ वर्ष अगाडि विभागको विराटनगर कार्यालयमा आएका हुन्।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

रुसी खाेपले पायाे नेपालमा आपतकालिन प्रयाेगकाे अनुमति

Read More →