Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

ओली र प्रचण्ड मिलेर एकता जाेगाउनुपर्छ: रघुजी पन्त

२४ फागुन,   खबरमञ्च,   at 6:23 PM

By   /  March 8, 2021  /  Comments Off on ओली र प्रचण्ड मिलेर एकता जाेगाउनुपर्छ: रघुजी पन्त

    Print       Email

काठमाडौँ  ।  नेकपा एमालेका नेता रघुजी पन्तले सर्वाेच्चकाे फैसलापछि केपी शर्मा ओली र पुष्पकमल दाहालले फेरि वार्ता गरेर पार्टी एकता जोगाउनु पर्ने बताएका छन् ।

पेरिसडाँडामा बसेकाे प्रचण्ड-नेपाल समूहकाे स्थायी कमिटी बैठकमा नेता पन्तले नेकपा एमाले र माओवादी केन्द्रको पार्टी एकता जोगाउनु पर्ने बताए ।

‘सर्वाेच्च अदालतको फैसला सम्मान गर्नुपर्छ व्यक्तिगत रुपमा मेरो असहमति भयो  बैठकमा सर्वाेच्चको फैसला राजनीतिक प्रकृतिको भयो कि भन्ने चर्चा भएको छ,’ दाहाल-नेपाल समूहको स्थायी कमिटी बैठकमा सहभागी भएर बाहिरिएका पन्तले भने, ‘एकता दुई पार्टीबीच जसरी भएको थियो त्यो आफैँमा राम्रो थियो । लोकतन्त्रको सुदृढिकरणको लागि, सार्वभौमएकताको लागि त्यसलाई जोगाएर जानुपर्छ । अध्यक्ष प्रचण्ड र केपी ओलीले अगाडि बढाएर जानुपर्छ ।’

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

केही व्यक्ति मलाई धुलोमा मिलाउन लागि परेः ओली

Read More →