Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

ओली र प्रचण्डबीचको मंगलबारको वार्ता बिना निष्कर्ष सकियो

२३ असार,   खबरमञ्च,   at 4:19 PM

By   /  July 7, 2020  /  Comments Off on ओली र प्रचण्डबीचको मंगलबारको वार्ता बिना निष्कर्ष सकियो

    Print       Email

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको वान टु वान वार्ता बिना निष्कर्ष सकिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्तामा गतिरोध अन्त्यका विषयमा दुई अध्यक्षबीच छलफल भएको थियो ।

अहिलेसम्म सहमतिका लागि ठोस प्रगति हुन नसकेको बालुवाटार स्रोतले जनाएको छ । आज बिहान साढे ११ देखि दिउँसो साढे २ बजेसम्म अध्यक्षद्वयबीच ’वान टु वान’ वार्ता भएको हो ।

अध्यक्षद्वयबीचको भेटवार्तापछि अब भोलिका लागि बोलाइएको स्थायी कमिटी बैठक बस्ने भएको छ । स्थायी कमिटी बैठकमा बाँकी विषयमा छलफल हुनेछ ।

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

नेकपा माओवादी पार्टीकाे घाेषणा

Read More →