Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

ओली-प्रचण्ड भेटवार्ता सकियाे, अर्काे बैठक बसेर स्थायी समाधान निकालिने

१९ असार,   खबरमञ्च,   at 3:05 PM

By   /  July 3, 2020  /  Comments Off on ओली-प्रचण्ड भेटवार्ता सकियाे, अर्काे बैठक बसेर स्थायी समाधान निकालिने

    Print       Email

काठमाडौं । पार्टीमा बढ्दाे विवाद समाधानका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आज बालुवाटारमा भएकाे भेटले सकारात्मक भएकाे बताइएकाे छ ।

पार्टीभित्र देखिएको विवाद समाधानका लागि भन्दै बालुवाटारमा दुई अध्यक्षका बीच भएकाे छलफल सौहार्दपूर्ण रहेकाे छलफलमा सहभागी स्थायी कमिटी सदस्य जनार्दन शर्माले बताए ।  उनका अनुसार एकताको मर्मअनुरुप अघि बढ्ने समझदारी बनेकाे र दुबै पक्षलाई मिलाएर अघि बढ्ने सहमति भएकाे छ  ।

‘फेरि अर्को चरण बसेर सबै विषयमा कुराकानी गर्ने र स्थायी समाधान निकालिने सहमति भएको छ,’ उनले भने ।

पछिल्लो समय पार्टीभित्र बढ्दै गएको असन्तुष्टिका कारण पार्टी नै फुटको संघारमा पुुगेको भन्दै नेताहरुबाट गम्भीर चिन्ता र चासो प्रकट भएपछि पार्टी एकतालाई जोगाउन ओली र प्रचण्डबीच छलफल भएको हो । छलफलमा ओली प्रचण्ड बाहेक महासचिव विष्णु पौडेल र नेता जनार्दन शर्मा पनि सहभागी थिए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

नेकपा माओवादी पार्टीकाे घाेषणा

Read More →