Loading...
You are here:  Home  >  प्रदेश समाचार  >  Current Article

ओली पक्षका सांसदको विरोधका कारण प्रदेश १ प्रदेश सभाको बैठक स्थगित

२५ माघ,   खबरमञ्च,   at 6:18 PM

By   /  February 7, 2021  /  Comments Off on ओली पक्षका सांसदको विरोधका कारण प्रदेश १ प्रदेश सभाको बैठक स्थगित

    Print       Email

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओली पक्षका सांसदको विरोधका कारण प्रदेश १ को प्रदेशसभा बैठक एक साताका लागि स्थगित गरिएको छ ।

मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्ताव प्रदेशसभामा पेश हुने निश्चित भएपछि सत्तापक्षले अवरोध गर्दा बैठक स्थगित भएको हो ।

आइतबार अपरान्ह बसेको बैठकमा सभामुख प्रदीपकुमार भण्डारीले बैठक प्रारम्भ भएको घोषणा गर्न नपाउँदै मुख्यमन्त्री शेरधन राई पक्षधरले उठेर बैठक विरोध जनाएका थिए ।

मुख्यमन्त्री राईले संसदीय दलको नेताको हैसियतमा निलम्वन गरिएका १६ जनाको विषय टुंगो नलागेसम्म सदन चल्न नसक्ने सत्तापक्ष सांसदहको भनाइ छ ।

उनीहरुले बैठकको कामकारवाही अघि नबढाउन सभामुख समक्ष आग्रह गरेका थिए । सभामुख भण्डारीले पटक-पटक बस्न आग्रह गर्दा पनि सांसदहरु नमानेपछि बैठक एक साताका लाग स्थगित गरेका हुन ।

बैठकमा मुख्यमन्त्री राईविरुद्ध संसद् सचिवालयमा दर्ता भएको अविश्वासको प्रस्ताव पेस हुने कार्यसूची थियो । अर्को बैठक फागुन ९ गतेका लागि तोकिएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

सर्वोच्चको फैसलाविरुद्ध कानुनी उपचार खोज्ने प्रचण्ड-नेपाल समूहको निर्णय

Read More →