Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

ओली-दाहाल फोनवार्ताः बधाई साटासाटसँगै सहकार्यको प्रस्ताव

८ मंसिर,   खबरमञ्च,   at 9:33 PM

By   /  November 24, 2022  /  Comments Off on ओली-दाहाल फोनवार्ताः बधाई साटासाटसँगै सहकार्यको प्रस्ताव

    Print       Email

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच टेलिफोन वार्ता भएको छ । वार्ताका क्रममा ओलीले दाहाललाई सहकार्यको प्रस्ताव राखेका छन् ।

दुई नेताबीच वार्ता भएको ओली र दाहाल दुवैको सचिवालयले पुष्टि गरेको छ । केपी ओलीले फोन गरेर जितका लागि दाहाललाई बधाइ दिएको र दाहालले पनि बधाइ ज्ञापन गरेको दाहालको सचिवालयले बताएको छ ।

लामो समयदेखि ओली र दाहालबीच सम्बन्ध चिसिएका बेला बिहीबार फोन वार्ता भएको हो । आम निर्वाचनको परिणामले कसैको पनि बहुमत नआउने स्थिति देखिएपछि एमाले र माओवादी अध्यक्षबीच भएको यो फोन वार्तालाई अर्थपूर्णरुपमा हेरिएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

रवीन्द्र मिश्रले आयोगमा बुझाए २४ लाख ४९ हजार ६०७ रूपैयाँ बराबरको निर्वाचन खर्च विवरण

Read More →