Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

ओलीसंगको वार्ताबारे नेता नेपालले भने, ‘मैले जेठ २ मा फर्कौं भने तर उहाँले मान्नु भएन’

९ बैशाख,   खबरमञ्च,   at 5:05 PM

By   /  April 22, 2021  /  Comments Off on ओलीसंगको वार्ताबारे नेता नेपालले भने, ‘मैले जेठ २ मा फर्कौं भने तर उहाँले मान्नु भएन’

    Print       Email

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालबीचको छलफल बिना निष्कर्ष सकिएको छ ।

नक्सालस्थित होटेल मेरियटमा भएको बिहीबारको वार्ता निष्कर्षविहीन सकिएको वार्ताबाट बाहिरिएका नेता नेपालले बताए।

वार्तास्थलमा रहेका सञ्चारकर्मीहरूसंग टाढैबाट वार्तामा कुनै निष्कर्ष नआएको प्रतिक्रिया दिएका हुन्।

वार्तामा दुवै नेता आ–आफ्नै अडानमा कायम रहेको बताइएको छ ।

नेपाल निकट एक नेताका अनुसार ओली आफ्नै अडानमा रहेकाले वार्तामा कुनै प्रगति हुन नसकेको हो।

नेता नेपाललाई उद्धृत गर्दै ती नेताले भने, ‘मैले जेठ २ मा फर्कौं भने तर उहाँले मान्नु भएन। जिल्ला अध्यक्ष लगायत पदाधिकारी फेरिएको विषयमा पुरानै कमिटीमा जाउँ भन्दा पनि मान्नु भएन। नयाँ प्रस्ताव पनि केही गर्नु भएन।’

बुधबार पनि दुई नेताबीच मेरियटमा नै वार्ता भएको थियो ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

विपक्षीको कसरत खेर गयो, प्रधानमन्त्रीमा फरि पनि ओली नै

Read More →