Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

ओलीविरुद्ध माधव नेपालले सर्वोच्च अदालतमा दायर गरेको रिट २४ घण्टापछि दर्ता

९ बैशाख,   खबरमञ्च,   at 4:24 PM

By   /  April 22, 2021  /  Comments Off on ओलीविरुद्ध माधव नेपालले सर्वोच्च अदालतमा दायर गरेको रिट २४ घण्टापछि दर्ता

    Print       Email

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालसहित चार सांसदले पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिट दर्ता भएको छ ।

पार्टी अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले कारबाही गर्न सक्ने भन्दै उनीहरुले सोविरुद्ध सर्वोच्च अदालतमा बुधबार पेस गरेको रिट निवेदन २४ घण्टापछि बिहीबार दिउँसो दर्ता भएको हो ।

रिटको पेसी आइतबारका तोकिएको सर्वोच्च अदालतका सञ्चारविज्ञ किशोर पौडेलले जानकारी दिए । रिटमा अध्यक्ष ओली, निर्वाचन आयोग, सभामुखलाई विपक्षी बनाइएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

विपक्षीको कसरत खेर गयो, प्रधानमन्त्रीमा फरि पनि ओली नै

Read More →