
झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह नगर दमकमा मेयर पदका राप्रपाका उम्मेदवार राम थापाले अग्रता कायमै राखेका छन् ।
थापाले ५ हजार ९१ मत ल्याउँदा एमालेकी गिता अधिकारीले ४ हजार ४ सय ९५ मत पाएकी छन् ।
उपप्रमुखतर्फ कांग्रेसकी रेगिना भट्टराईले पनि अग्रता कायमै राखेकी छन् ।
रेगिनाले ४ हजार ९ सय ४३ मत ल्याएकी छन् भने एमालेका अम्बिका खनालले ४ हजार ३ सय ४४ मत ल्याएका छन् ।
दमकमा राप्रपालाई गठबन्धनले सहयोग गरेको छ ।