Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

ओलीको कारबाही लिस्टमा परेकी झापाकी सांसद खरेल भन्छिन्ः आरोप निराधार छन्

७ वैशाख,   खबरमञ्च,   at 9:13 PM

By   /  April 20, 2021  /  Comments Off on ओलीको कारबाही लिस्टमा परेकी झापाकी सांसद खरेल भन्छिन्ः आरोप निराधार छन्

    Print       Email

विर्तामोड ।  मंगलबार स्पष्टीकरण सोधिएका सत्तारुढ नेकपा एमालेका २७ संघीय सांसदमा झापाकी पवित्रा‌ निराैला खरेल पनि परेकी छन् ।

झापा क्षेत्र नं २ बाट निर्वाचित खरेललाई समेत एमाले अध्यक्ष केपी शर्मा ओलीले नयाँ दल गठनमा लागेको आरोप लगाउँदै तीन दिनभित्र स्पष्टीकरण दिन पत्र काटेका छन् ।

प्रतिनिधिसभाकाे अन्तर्राष्ट्रिय सम्बन्ध समितिकी सभापतिसमेत रहेकी खरेल प्रतिनिधिसभा पुनःस्थापना भ‍एयता समितिकै काममा क्रियाशील थिइन् ।

पछिल्लो पटक परराष्ट्र नीति २०७७ का सम्बन्धमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई नै बोलाएर छलफल अगाडि बढाएकी खरेलले परराष्ट्र नीतिका सम्बन्धमा गम्भीर छलफल आवश्यक रहेको भन्दै पुनः बैठक राख्ने बताएकी थिइन् ।

तर मंगलबार ‌ओलीले उनै खरेललाई संसद सदस्यबाट समेत निष्कासन गर्ने चेतावनीयुक्त शैलीमा स्पष्टीकरण सोधेका छन् ।  ‘छुट्टै राजनीतिक दल गठन गरेकोमा कारवाही किन नगर्ने ? संसद सदस्यबाट किन नहटाउने ?’ पत्रमा भनिएको छ ।

जबाफ पेश गर्नका लागि तीन दिनको समय दिएका ओलीले सच्चिने अन्तिम मौका भएको पनि बताएका छन्।

यसैबीच स्पष्टीकरणका सम्बन्धमा छोटाे प्रतिक्रिया दिँदै सांसद खरेलले भने आफू कुनै पनि गतिविधिमा संलग्न नरहेकाे अवस्थामा स्पष्टीकरण सोधिनु आश्चर्यजनक रहेको बताएकी छन् ।

‘म समितिकै काममा व्यस्त छु, काठमाडाैंबाहिर पनि गएकाे छैन , जुन आरोप लगाइएका छन् ती गलत छन्, निराधार छन्,’ खबरमञ्चसँग कुरा गर्दै खरेलले भनिन्,’म यसकाे जवाफ स्पष्टीकरणमा दिनेछु।’

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

कोरोना अपडेटः २४०७ जना संक्रमित थपिदा ३९९४ जना संक्रमणमुक्त, ४६ जनाको मृत्यु

Read More →