Loading...
You are here:  Home  >  छापामा  >  Current Article

ओम्नीलाई कालोसूचीमा राख्ने प्रक्रिया रोकियो, प्रधानमन्त्री कार्यालयका उच्च अधिकारीको दबाब

१० जेठ,   खबरमञ्च,   at 8:09 AM

By   /  May 23, 2020  /  Comments Off on ओम्नीलाई कालोसूचीमा राख्ने प्रक्रिया रोकियो, प्रधानमन्त्री कार्यालयका उच्च अधिकारीको दबाब

    Print       Email

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनल प्रालिलाई कालोसूचीमा राख्ने प्रक्रिया अधिकारीहरूको दबाबको छायामा परेको छ ।

ओम्नीलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाएको महिना दिनभन्दा बढी भइसके पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उच्च अधिकारीहरूको दबाबमा कालोसूचीमा राख्ने प्रक्रिया रोकिएको स्रोतले बतायो ।

गत चैतमा स्वास्थ्य सेवा विभागले सम्झौताबमोजिमको मेडिकल सामग्री आपूर्ति नगरेको भन्दै ओम्नीलाई कालोसूचीमा राख्ने निर्णय गरी सार्वजनिक खरिद अनुगमन कार्यालयसमक्ष सिफारिस गरेको थियो ।

सिफारिस भएको एक महिना नाध्दासमेत कुनै निर्णय नहुनु प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उच्च अधिकारीमार्फत दबाबमा प्रक्रिया रोक्ने काम भएको स्वास्थ्य सेवा विभागका एक उच्च अधिकारीले नागरिकलाई बताए । यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

भारतबाट आएकी मनीषा क्वारेन्टाइनमा, स्वाब परीक्षणको रिपोर्ट आउन बाँकी

Read More →