Loading...
You are here:  Home  >  अन्तर्राष्ट्रिय  >  Current Article

ओमिक्रोन त्रासः भारतमा पनि देखियो कोरोनाको ओमिक्रोन भेरियन्ट

१७ मंसिर,   खबरमञ्च,   at 7:18 AM

By   /  December 3, 2021  /  Comments Off on ओमिक्रोन त्रासः भारतमा पनि देखियो कोरोनाको ओमिक्रोन भेरियन्ट

    Print       Email

कर्नाटक । विश्व मााझ त्रासको रुपमा देखिएको कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन भारतमा पनि देखिएको छ ।

दक्षिण अफ्रिकाबाट कर्नाटक आएका दुई जनामा यो भेरियन्ट देखिएको हो ।  उनीहरूमा सामान्य लक्षण देखिएको स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।

संक्रमित दुबै पुरुषहरुलाई निगरानीमा राखिएको छ । नयाँ भेरियन्ट देखिएसँगै अन्य सहरहरुमा पनि परीक्षण सुरु गरिएको छ । 
ओमिक्रोन देखिएपछि भारतले दक्षिण अफ्रिका, न्यूजील्यान्ड, बंगलादेश, बेलायत, हङ्कङ र इजरायललगायतका उच्च जोखिम भएका देशबाट आउने यात्रुलाई कडाइ गरेको छ ।

ती देशबाट आउने यात्रुको कोभिड परीक्षण गरिने र कोभिड नतिजा नआएसम्म उनीहरुलाई विमानस्थलबाहिर जान रोक लगाइने भारतको संघीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

कोभिड पुष्टि हुने यात्रुलाई छुट्टै राखेर उपचार गरिने रउनीहरूको नमुना ओमिक्रोन जाँचका लागि जीन सीक्वन्सिङ गर्न पठाइने मन्त्रालयले जनाएको छ । त्यस्तै, ती देशबाट आउने यात्रुहरु एक साता घरमा क्वारेन्टिनमा बस्नुपर्ने जनाइएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

नेपालमा खोप अभियानको एक वर्ष: ३ करोड डोज लगाइयो, २४ लाख खोप हरायो

Read More →