Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

एसपीपीलाई सरकारले पनि ‘नो’ भन्यो

७ असार,   खबरमञ्च,   at 8:55 AM

By   /  June 21, 2022  /  Comments Off on एसपीपीलाई सरकारले पनि ‘नो’ भन्यो

    Print       Email

काठमाडौं । सरकारले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अस्वीकार गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अमेरिकालाई पत्र लेखेर एसपीपी सम्झौता अस्वीकार गर्ने निर्णय गरेको हो ।

एसपीपी सम्झौता गर्न लागिएको भन्दै सरकारको चर्को आलोचना भइरहेको थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न अमेरिका भ्रमणका क्रममा एसपीपी सम्झौतामा हस्ताक्षर हुनसक्ने आशंका व्यक्त भइरहँदा सरकारले पत्र लेख्ने निर्णय गरेको हो ।

प्रमुख प्रतिपक्ष नेकपा एमालेसहित सत्ता गठबन्धनका वामपन्थीसहितका दलले एसपीपी अस्वीकार गर्न दबाब दिएका थिए ।

तत्कालीन प्रधान सेनापति राजेन्द्र क्षत्रीले एसपीपीमा सहभागिताका लागि ०७२ कात्तिक १० मा अमेरिकी दूतावासलाई पठाएको पत्र सार्वजनिक भइसकेको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

कांग्रेसले असार २७ गतेका लागि बोलायो केन्द्रीय समिति बैठक

Read More →