Loading...
You are here:  Home  >  सुरक्षा/अपराध  >  Current Article

एसएमजीलगायत हतियार देखाएर ज्वेलर्समा लुटपाटको प्रयास गर्ने ६ जना पक्राउ

१३ साउन,   खबरमञ्च,   at 6:50 PM

By   /  July 28, 2021  /  Comments Off on एसएमजीलगायत हतियार देखाएर ज्वेलर्समा लुटपाटको प्रयास गर्ने ६ जना पक्राउ

    Print       Email

बिराटनगर । एसएमजी लगायतका हातहतियार देखाएर मोरङको सुन्दरहरैंचा–१० त्रिवेणी चोकस्थित खगेन्द्र थापाको शिव पञ्चायन ज्वेलर्समा लुटपाटको प्रयास गर्ने ६ जना पक्राउ परेका छन् ।

साउन १ गते सातजनाको समूह उक्त ज्वेलर्स लुटपाटको प्रयास गरेपनि असफल भएर फरार भएका थियो ।

लुटपाटमा संलग्नमध्ये ६ जनालाई लुटपाट प्रयासको १२ दिनपछि बुधबार विहान करीव तीन बजे पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।

प्रहरी उपरीक्षक जनार्दन जिसीका अनुसार एसएमजी, अटोमेटिक पेस्तोल लगायतका अवैध हातहतियार प्रयोग गरेर अपराधिक गतिविधिमार्फत आर्थिक लाभ लिने उदेश्यले उक्त समूहले ज्वेलर्स लुटपाट गरेको पाइएको छ ।

प्रहरीले लुटपाटमा संलग्न रहेको आरोपमा संखुवासभाको सभापोखरी–४ घर भई हाल इटहरी–२० तरहरामा डेरा गरी बस्ने ३० वर्षीय प्रकाश भनिने चन्द्रबहादुर राई, सुनसरीको गढी गाउँपालिका–१ का ४५ वर्षीय डाइमण्ड भनिने प्रमोद चौधरी, संखुवासभाकै सभापोखरी गाउँपालिका–६ बाह्रविसे घर भई हाल इटहरी–२० बस्ने तरहरा बस्ने ३० वर्षीय चिरञ्जिवी राई, मोरङको सुन्दरहरैंचा–५ का २२ वर्षीय मिशन राई रहेका छन् ।

भोजपुरको पौवादुम्मा गाउँपालिका–३ घर भई हाल इटहरी–२० तरहरामा डेरा गरी बस्ने ३० वर्षीय नगेन्द्र राई र र मोरङको सुन्दरहरैंचा–७ का ३१ वर्षीय सन्तोष राईलाई पक्राउ गरिएको एपी जिसीले बताए । लुटपाटमा प्रत्यक्ष संलग्न रहेका थप एकजना पक्राउ पर्न बाँकी रहेको जनाइएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

बिर्तामोडबाट नगद चोरी गर्ने दुई जना धनकुटाबाट पक्राउ

Read More →