Loading...
You are here:  Home  >  शिक्षा  >  Current Article

एसईई नतिजामा चित्त नबुझे साउन २७ गतेसम्म पुनर्योग गर्न निवेदन दिन पाइने

१३ साउन,   खबरमञ्च,   at 8:04 AM

By   /  July 29, 2022  /  Comments Off on एसईई नतिजामा चित्त नबुझे साउन २७ गतेसम्म पुनर्योग गर्न निवेदन दिन पाइने

    Print       Email

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा चित नबुझे पुनर्योग गर्न निवेदन दिन पाउने भएको छ  ।

राष्ट्रिय परीक्षा बोर्डले २०७८ सालको साधारण तथा प्राविधिक धारतर्फ नियमित तथा ग्रेडबृद्धि समूहबाट परीक्षामा सम्मिलित भएका परीक्षार्थीहरुले आफुले प्राप्त गरेको ग्रेडमा चित्त नबुझे पुनर्योग गर्न निवेदन सकिने व्यवस्था मिलाएको हो ।

पुनर्योग चाहेमा विभिन्न प्रक्रिया पुरा गरी सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाइमा वा सोझै परीक्षा नियन्त्रण कार्यालयमा फारम भरी बुझाउनुपर्नेछ ।

पुनर्योग गराउने समय श्रावण २७ गते सम्ममा रहेको छ ।

निवेदन दस्तुर प्रति विषय पाँच सय का दरले हुने रकम राजश्व खाता नं १४२२३ मा जम्मा गर्नुपर्नेछ ।

निवेदनको ढाँचा परीक्षा नियन्त्रण कार्यालय कक्षा १० को वेवसाइट वा राष्ट्रिय परीक्षा बोर्डको वेवसाइटबाट डाउनलोड गरी प्राप्त गर्न सकिनेछ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

१२ बर्षपछि झापा बिर्तामोडको इन्जिनियरिङ कलेजलाई सम्बन्धन, यसै बर्षदेखि पढाइ हुने

Read More →