Loading...
You are here:  Home  >  शिक्षा  >  Current Article

एसईईको मूल्यांकनमा विगत तीन वर्षको एसईईको परीक्षाफलसमेत अध्ययन गर्न विद्यालयहरुलाई निर्देशन

१७ असार,   खबरमञ्च,   at 7:59 PM

By   /  July 1, 2020  /  Comments Off on एसईईको मूल्यांकनमा विगत तीन वर्षको एसईईको परीक्षाफलसमेत अध्ययन गर्न विद्यालयहरुलाई निर्देशन

    Print       Email

काठमाडौं । निजी विद्यालयका संगठनहरू प्याव्सन तथा एनप्याव्सनले माध्यमिक शिक्षा परीक्षा (एसईई) को मूल्यांकन गर्दा विगत तीन वर्षको एसईईको परीक्षाफल समेत अध्ययन गर्न विद्यालयहरुलाई निर्देशन दिएका छन्।

ती संगठनहरूले बुधबार संयुक्त रुपमा आफ्ना सदस्य विद्यालयहरूलाई यस्तो निर्देशन दिएका हुन्।

प्याब्सनका महासचिव कुमार घिमिरे र एनप्याब्सनका महासचिव सुवास न्यौपानेद्वारा जारी विज्ञप्तिमा नतिजाको सम्बन्धमा अनावश्यक प्रचारप्रसार नगर्न समेत निर्देशन दिइएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले नतिजा प्रमाणीकरण गरी प्रकाशित नगरुन्जेल अपनाउनुपर्ने गोपनीयता कायम गर्नुपर्ने निर्देशन छ । ‘विद्यार्थीहरूको आन्तरिक मूल्यांकन गर्दा स्वतन्त्र र निष्पक्षताको सिद्धान्त अपनाई विद्यार्थीहरूको सही मूल्यांकन गर्ने र विद्यालयले गरेको मूल्यांकन प्रमाणित आधारहरू अभिलेख राख्ने’ विज्ञप्तिमा भनिएको छ ।

कोभिड–१९ का कारण सरकारले यो वर्ष एसईई नगर्ने भएपछि आन्तरिक मूल्यांकनका आधार नतिजा सार्वजनिक गर्न लागिएको हो । २०७६ चैत ६ गतेका लागि निर्धारत एसईई ५ चैत साँझ स्थगन भएको थियो ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

काेराेना नियन्त्रणमा आइसकेकाे छैन, तत्काल परीक्षा लिने कुरा नगराैंः नेविसंघ

Read More →