
झापा । ताप्लेजुङको मैवाखोला गाउँपालिकाको अध्यक्षमा गठबन्धनतर्फ माओवादीतर्फ केन्द्रका उम्मेदवार बिजयप्रकाश वनेम बिजयी भएका छन् ।
२ हजार ६ सय ९ मत प्राप्त गर्दै उनी बिजयी भएका हुन् । एमाले किल्ला भनिँदै आएको मैवाखोलामा यसपटक गठबन्धनले किल्ला भत्काएको छ ।
वनेमले निवर्तमान गाउँपालिका अध्यक्षसमेत रहेका राजनकुमार थक्लुङलाई पराजित गरेका हुन् । थक्लुङले २ हजार ५२ मत ल्याए ।
उपाध्यक्षमा गठबन्धनतर्फ नेपाली काँग्रेसकी कमलकुमारी लिम्बू(असली) निर्वाचित भएकी छिन् । उनले २ हजार ५ सय ४१ मत प्राप्त गरिन् ।
कमलकुमारीले निवर्तमान उपाध्यक्ष कौशिला थत्लुङलाई हराएर बिजयी भएकी हुन्।
थक्लुङले २ हजार १ सय १ मत पाए । ६ वटा वडा रहेको मैवाखोलामा काँग्रेस र माओवादीले २–२ तथा एमाले र नेकपा एसले १–१ वटा वडाध्यक्ष जितेका छन् । एमाले सचिव योगेश भट्टराई गृह वडामा पनि कांग्रेसले प्यानल नै जितेको छ।