Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

एमाले पार्टी दर्ताका लागि निवेदन दिएकी सन्ध्या तिवारीबारे झापामा खोजी शुरु

१६ असार,   खबरमञ्च,   at 7:47 PM

By   /  June 30, 2020  /  Comments Off on एमाले पार्टी दर्ताका लागि निवेदन दिएकी सन्ध्या तिवारीबारे झापामा खोजी शुरु

    Print       Email

विर्तामोड । झापाकी सन्ध्या तिवारीले नेकपा एमाले पार्टी दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएको सार्वजनिक भएपछि झापामा उनको खोजी शुरु भएको छ।

जिल्ला तहका नेकपाका नेताहरू उनको खोजीमा लागेका हुन्।

नेकपा झापाका एकजना नेताका अनुसार पार्टी स्थायी कमिटीको बैठकमा नेताहरूबीच पदको विषय निस्किरहँदा दल दर्ताको निवेदन प्रकरणले पार्टीलाई नै झस्काइदिएको छ।

ती नेताले भने, ‘यो कार्ड कहाँबाट आयो भनेर खोजी हुँदैछ।’

नेकपा झापाका अध्यक्ष चिन्तन पाठकले तिवारीका बारेमा आफूलाई कुनै जानकारी नभएको बताए।

उनले भने, ‘अहिलेसम्म पार्टीमा उनको नाम पनि सुनेको थिइन।’

तत्कालीन नेकपा एमाले र माओवादीबीच एकता भएर नेकपा गठन भइसकेपछि एमाले अस्तित्वमा नरहेको बेला नेकपा एमाले नाममा पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको हो। यस विषयमा आजको नेकपा बैठकमा छलफल भएको छ।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जारी स्थायी समिति बैठकमा नेकपा एमाले पार्टी दर्ताका लागि आयोगमा निवेदन परेको विषय जानकारी गराएका थिए।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

कोरोनाले महामारीको रुप लिन थाल्यो, सतर्क रहौंः आन्तरिक मामिला मन्त्री कार्की

Read More →