Loading...
You are here:  Home  >  प्रदेश समाचार  >  Current Article

एमाले नेता हिक्मत कार्की प्रदेश १ को मुख्यमन्त्री बन्दै

२४ पुस,   खबरमञ्च,   at 11:26 AM

By   /  January 8, 2023  /  Comments Off on एमाले नेता हिक्मत कार्की प्रदेश १ को मुख्यमन्त्री बन्दै

    Print       Email

बिराटनगर । प्रदेश १ मा एमाले नेता तथा प्रदेश १ का पूर्वमन्त्री हालका प्रदेश सांसद हिक्मतकुमार कार्की नयाँ मुख्यमन्त्री बन्ने निश्चित भएको छ ।

गठबन्धन दलहरु प्रदेश १ सरकारको नेतृत्व एमालेलाई दिन सहमति भएसँगै उनी मुख्यमन्त्री बन्ने निश्चित भएको हो । कार्की हाल प्रदेश १ एमाले संसदीय दलका नेता हुन् ।

१ नम्बर प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेश सरकारको मुख्यमन्त्री दाबी गर्न दलहरूलाई दिएको समय सीमा आज साँझ ५ सकिँदैछ ।

तोकिएकै समय सीमाभित्र दाबी पेश गर्ने गरी छलफलमा जुटिएको नेताहरुले जानकारी दिएका छन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

सार्वजनिक विदा घटाउने तयारीमा प्रधानमन्त्री

Read More →