Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

एमसीसी सम्झौतालाई समर्थन गरेमा टाउको काटिदिने धम्की आयोः मन्त्री भट्ट

१५ साउन,   खबरमञ्च,   at 4:22 PM

By   /  July 30, 2020  /  Comments Off on एमसीसी सम्झौतालाई समर्थन गरेमा टाउको काटिदिने धम्की आयोः मन्त्री भट्ट

    Print       Email

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) सम्बन्धी सम्झौतालाई समर्थन गरेमा आफूलाई ज्यान मार्ने धम्की आएको बताएका छन्।

बिहीबार संसदको उद्योग तथा वाणिज्य श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उनले बझाङबाट एक जनाले टेलिफोन गरेर टाउको काट्ने धम्की दिएको बताए।

मन्त्री भट्टले भने, ‘अस्ती मलाई एउटा फोन आयो, बझाङ जिल्लाबाट एमसीसीको बारेमा’ उनले भने ‘तैले समर्थन गरिस् भने तेरो टाउको काटिन्छ। शब्दै यही छ।’

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

सार्वजनिक यातायात र हवाई उडान तत्काल सञ्चालन नगर्ने सरकारको निर्णय

Read More →