Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

एडिबीले कोभिड–१९ को महामारीविरुद्ध लड्न नेपाललाई रु ३६ करोड अनुदान उपलब्ध गराउने

१७ असार,   रासस,   at 10:06 AM

By   /  July 1, 2020  /  Comments Off on एडिबीले कोभिड–१९ को महामारीविरुद्ध लड्न नेपाललाई रु ३६ करोड अनुदान उपलब्ध गराउने

    Print       Email

काठमाडौं । एशियाली विकास बैंक (एडिबी)ले कोभिड–१९ को महामारीविरुद्ध लड्न नेपाल सरकारलाई रु ३६ करोड अनुदानस्वरुप उपलब्ध गराउने भएको छ ।

एडिबीले एशिया–प्रशान्त विपद् प्रतिकार्य कोषबाट नेपाललाई उक्त रकम उपलब्ध गराउने स्वीकृति गएराति गरेको यहाँस्थित उक्त बैंकको देशीय कार्यालयले जनाएको छ ।

जापान सरकारद्वारा कोषमा दाखिला भएको उक्त रकम सीमाक्षेत्रस्थित क्वारेन्टिनको सुधार तथा प्रभावकारी व्यवस्थापन, प्रयोगशाला र चिकित्सा उपकरण, औषधि एवं सङ्क्रमण नियन्त्रण सामग्री खरिदका निम्ति प्रदान गरिएको हो ।

यसअघि पनि एडिबीले रु तीन करोड ६० लाख स्वास्थ्यकर्मी तथा कोरोनाविरुद्ध अग्रपङ्क्तिमा रहेर खटिएकाहरुलाई आपत्कालीन स्वास्थ्य सामग्री खरिद गर्न प्रदान गरेको थियो ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

रहेनन् सङ्घनायक ज्ञानपूर्णिक महास्थवीर

Read More →