Loading...
You are here:  Home  >  छापामा  >  Current Article

एघार महिनादेखि कामु प्रधानन्यायाधीशका भरमा सर्वोच्च अदालत

९ माघ,   खबरमञ्च,   at 8:21 AM

By   /  January 23, 2023  /  Comments Off on एघार महिनादेखि कामु प्रधानन्यायाधीशका भरमा सर्वोच्च अदालत

    Print       Email

काठमाडौं । सर्वोच्च अदालत १ फागुन २०७८ देखि कामु प्रधानन्यायाधीशको भरमा चलिरहेको छ ।

तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएपछि सर्वोच्च विगत ११ महिनादेखि कामु प्रधानन्यायाधीशको भरमा छ । अरूलाई न्याय दिने सर्वोच्च आफैं अन्यायमा परेको देखिएको छ ।

४ मंसिरमा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको जनादेशको आधारमा देशले नयाँ प्रधानमन्त्रीका रूपमा पुष्पकमल दाहाल नेतृत्वको सरकार बनेसँगै सरकारले समेत पूर्णता पाइसकेको छ ।

तर, न्यायालयमा भने झन्डै एक वर्षसम्म कामु प्रधानन्यायाधीशको भरमा सञ्चालन हुन बाध्य भइरहेको छ । संसदीय सुनुवाइ समिति तत्काल बन्ने सम्भावना नभएका कारण अझै आउँदो वैशाखसम्म सर्वोच्चले पूर्ण प्रधानन्यायाधीश नपाउने संकेत देखिएको छ ।

तत्कालीन प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोगपछि कामु प्रधानन्यायाधीश दीपक कार्की भएका थिए । गत असोजमा कार्की अनिवार्य अवकासमा गएपछि हाल सर्वोच्चको नेतृत्व हरिकृष्ण कार्कीले कामुका रूपमा सम्हालिरहेका छन् ।

प्रधानन्यायाधीश सिफारिस गर्न संवैधानिक परिषद् रहेको छ । तर, हाल संवैधानिक परिषद्सम्बन्धी ऐन नै नहुँदा कार्कीको सिफारिस तत्काल नहुने देखिएको छ । दोस्रो कुरा हाल संसदको प्रमुख प्रतिपक्ष दलको भन्ने प्रश्न पनि उठेकाले यसको समाधान छिट्टै हुने सम्भावना न्युन छ । राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

विश्वासको मत पाएको एक महिना नपुग्दै सात दलीय गठबन्धनमाथि बढ्यो अविश्वास

Read More →