Loading...
You are here:  Home  >  कृषि/पशुपालन  >  Current Article

‘एक केजी सलह किरा ल्याउनु होस्, २० रुपैयाँ लिएर जानुहोस्’

१३ असार,   खबरमञ्च,   at 7:22 PM

By   /  June 27, 2020  /  Comments Off on ‘एक केजी सलह किरा ल्याउनु होस्, २० रुपैयाँ लिएर जानुहोस्’

    Print       Email

बुटवल । प्रदेश ५ सरकारले एक केजी सलह किरा समातेर ल्याए २० रुपैयाँ नगद दिने निर्णय गरेको छ।

प्रदेश ५ मा शनिबार सलह किरा देखिएपछि प्रदेश सरकारले एक किलो सलह किरा ल्याए २० रुपैयाँ दिने निर्णय गरेको हो।

भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालयका सचिव तेजबहादुर सुवेदीका अनुसार सलह किराले पुर्‍याउन सक्ने क्षति कम गर्न विभिन्न उपायमध्ये किरा संकलन गरेर स्थानीय तहका वडा कार्यालयमा बुझाउनेलाई एक किलोग्रामको २० रुपैयाँका दरले नगद प्रोत्साहन दिने निर्णय भएको हो।

सलह किरा दिउँसोमा उड्छ भने साँझमा बास बस्छ । बास बसेका बेलामा समातेर जम्मा गरे क्षति रोकिनुका साथै मिहेनत वापत प्रोत्साहन रकम लिन मन्त्रालयले अपील गरेको छ । मालाथिन र क्लोरपाइरिफोस विषादी पानीमा मिसाएर छर्केर पनि सलह नष्ट गर्न सकिने मन्त्रालयले सुझाएको छ ।

३ मिलिलिटर मालाथिनमा एक लिटर पानी र २ मिलिलिटर क्लोरपाइरिफोसमा एक लिटर पानी मिसाउन सकिने मन्त्रालयका सचिव सुवेदीले बताए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

थप २०४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि, सङ्क्रमित १६१६८ पुगे

Read More →