Loading...
You are here:  Home  >  सुरक्षा/अपराध  >  Current Article

एकै दिन ब्राउन सुगरसहित झापाबाट ३ जना पक्राउ

८ असोज,   खबरमञ्च,   at 8:51 AM

By   /  September 24, 2021  /  Comments Off on एकै दिन ब्राउन सुगरसहित झापाबाट ३ जना पक्राउ

    Print       Email

झापा । झापाको छुट्टा छुट्टै स्थानबाट प्रहरीले लागूऔषध ब्राउन सुगर सहित ३ जना पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पाँचथर फिदिम नगरपालिका का २७ बर्षीय रोशन सुबेदी, २८ बर्षीय सुमन कार्की र भारत दार्जिलिङका २४ बर्षीय रतन सिंह रहेका छन् ।

हिजो बेलुका साढे ८ बजे अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले अर्जुनधारा नगरपालिका ११ बसपार्क स्थित रहेको एक होटलबाट रोशन सुबेदी र सुमन कार्कीलाई ब्राउन सुगर ६ ग्राम ७०० मिलि ग्राम सहित पक्राउ गरेको हो ।

त्यस्तै हिजो दिनको साढे २ बजे लागूऔषध नियन्त्रण व्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले  मेचीनगर नगरपालिका ६ स्थित तुर्केनी खेल मैदान छेउबाट रतन सिंहलाई ब्राउन सुगर ५ ग्राम सहित पक्राउ गरेको हो । पक्राउ परेका तिनै जना उपर प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

ग्राहक खाेज्न हिँडेका दुई जना २२ तोला सुन र १८ लाख नगदसहित पक्राउ

Read More →