Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

एकल महिला र अपाङ्गता भएका व्यक्तिको सामाजिक सुरक्षा भत्ता नरोक्न संसदीय समितिको निर्देशन

९ जेठ,   खबरमञ्च,   at 7:18 PM

By   /  May 22, 2020  /  Comments Off on एकल महिला र अपाङ्गता भएका व्यक्तिको सामाजिक सुरक्षा भत्ता नरोक्न संसदीय समितिको निर्देशन

    Print       Email

काठमाडौं । संसदीय समितिले ६० वर्ष मुनिका एकल महिला र अपाङ्गता भएका व्यक्तिको सामाजिक सुरक्षा भत्ता नरोक्न सरकारलाई निर्देशन दिएको छ ।

संघीय संसद, प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिको शुक्रबारको बैठकले विपन्न, अशक्त र असाहय अवस्थामा रहेका ६० वर्षभन्दा मुनिका एकल महिला, फरक क्षमता भएका, बालबालिका, लोपोन्मुख जातिका नागरिकलाई दिँदै आएको सामाजिक सुरक्षा वापतको भत्ता नरोक्न नेपाल सरकार गृहमन्त्रालयलाई निर्देशन दिएको हो ।

समिति सभापति निरुदेवी पालले सरकारले सामाजिक सुरक्षा भत्ताको सम्बन्धमा यसअघि गर्दै आएका कामहरुको विवरण समितिमा उपलब्ध गराउन र उपलब्ध गराउँदै आएको सुविधालाई निरन्न्तरता दिन निर्देशन दिइएको बताइन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

रुकुम घट्ना जातीय छुवाछुत र भेदभावको कुरुप र भद्दा दृश्यः राजेन्द्र लिङदेन

Read More →