Loading...
You are here:  Home  >  अर्थतन्त्र  >  Current Article

ऋण दायित्व धेरै छ, इन्धनको मूल्य तत्काल समायोजन हुँदैनः आयल निगम

३१ साउन,   खबरमञ्च,   at 7:28 PM

By   /  August 16, 2022  /  Comments Off on ऋण दायित्व धेरै छ, इन्धनको मूल्य तत्काल समायोजन हुँदैनः आयल निगम

    Print       Email

काठमाडौं । नेपाल आयल निगमले तत्काल इन्धनको मूल्य समायोजन नगर्ने भएको छ ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै निगमले संस्थाको ऋणको दायित्व धेरै भएका कारण हाललाई मूल्य यथावत नै राख्ने निर्णय भएको जनाएको हो ।

पत्रकार सम्मेलनमा निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले पछिल्लो तीन पटकको मूल्यसूचि घटेर आएपनि ऋण र भुक्तानीको बक्यौता धेरै भएकाले अहिलेलाई मूल्य समायोजन गर्न नसकिएको बताए ।

उनले यसअघि अन्तराष्ट्रिय बजारमा मूल्य बृद्धि हुँदा पूर्ण रुपमा निगमले बृद्धि नगर्दा करिव ५० अर्व घाटामा गएकोे जानकारी दिए ।

उनले अहिले भारतीय आयल कर्पोरेसन (आईओसी)लाई तिर्नु पर्ने बक्यौता अझै २३ अर्ब रुपैयाँ बाँकी रहको बताए । सरकार र वाणिज्य बौंकबाट लिइएको १० अर्ब ऋण र २३ अर्ब वक्यौता गरी ३३ अर्बको भार अझैपनि रहेको थानीले बताए ।

आईओसीबाट आएको नयाँ मूल्य अनुसार निगमलाई पेट्रोलमा ४ रुपैयाँ ७४ पैसा नाफा, डिजेलमा ४ रुपैयाँ ५० पैसा र ग्यासमा ४९९ रुपैयाँ ५७ पैसा घाटा रहेको उनले जानकारी दिए ।

अहिलेको मूल्यसूची अनुसार मासिक ६२ करोड रुपैया घाटा हुने उनले बताए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

१० अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक

Read More →