Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

उपसभामुखमा रानालाई समर्थन गर्दै लिङदेनले भने: यो मेरा लागि निकै खुशीको कुरा हो

2023/01/21,    at 2:29 PM

By   /  January 21, 2023  /  Comments Off on उपसभामुखमा रानालाई समर्थन गर्दै लिङदेनले भने: यो मेरा लागि निकै खुशीको कुरा हो

    Print       Email

काठमाडौं । उपप्रधान एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनले इन्दिरा रानामगरलाई उपसभामुख पदमा समर्थन गर्न पाएकामा खुसी लागेको बताएका छन् । रानाको समर्थक रहेका लिङ्देनले उनलाई देश र अन्तर्राष्ट्रियजगत्ले चिनेको र संसद्मा आफूले सबैभन्दा नजिकबाट चिनेको जिकिर गरे ।

“सबैभन्दा बेसी कसैले चिनेको छ भने मैले चिनेको छु । एउटा भुईंमान्छे, जसले आफ्नो समाज, देशको नाम राख्ने काम गरेको छ । समाजसेवामा आफूलाई समर्पित गरेको छ,” शनिबार प्रतिनिधिसभा बैठकमा उनले भने, “उपसभामुखमा समर्थन गर्न पाउनु असाध्य खुसीको कुरा हो ।

राप्रपा अध्यक्षसमेत रहेका लिङदेनले अघिल्लो संसद्मा सांसद सीके राउतको प्रस्तावमा नउठेको भन्ने विषयमाथि प्रष्टीकरण पनि दिएका दिए । उनले कि सभामुखको रुलिङ हुनुपर्ने वा प्रधानमन्त्री उठेको हुनुपर्ने भन्दै त्यसरी प्रचार नगर्न आग्रह समेत गरे ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

सार्वजनिक विदा घटाउने तयारीमा प्रधानमन्त्री

Read More →