Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

उपसभामुखकै हैसियतमा तुम्बाहाङ्फेले सभामुखको उम्मेदवार बन्न मिल्दैन, राजीनामा दिनैपर्छः देव गुरुङ

२८ पुस,   खबरमञ्च,   at 5:40 PM

By   /  January 13, 2020  /  Comments Off on उपसभामुखकै हैसियतमा तुम्बाहाङ्फेले सभामुखको उम्मेदवार बन्न मिल्दैन, राजीनामा दिनैपर्छः देव गुरुङ

    Print       Email

काठमाडाैं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक देवप्रसाद गुरुङले संवैधानिक व्यवस्थाअनुसार उपसभामुखको हैसियतमा शिवमाया तुम्बाहाङ्फेले सभामुखको उम्मेद्धवारनै बन्न नपाउने दाबी गरेका छन् ।

सोमबार राजधानीमा आयोजित साक्षात्कारमा प्रमुख सचेतक गुरुङले उपसभामुख पदमा रहिरहेर सभामुखमा आफ्नो उम्मेद्धवारी दिन नमिल्ने भन्दै उम्मेद्धवार हुन चाहे राजीनामा अनिवार्य रहेको बताए ।

उनले भने,‘उपसभामुख पदमा रहिरहेर सभामुखमा आफ्नो उम्मेद्धवारी दिन मिल्दैन् । यदि उम्मेद्धवार हुन चाहेको भए उपसभामुखबाट अनिवार्य रुपमा राजीनामा दिनुपर्छ ।’ उनले अहिले महिला वा पुरुषलाई सभामुख बनाउने भन्ने बहस नभएको सुनाउँदै घट्नाक्रमले संकट आईपर्नसक्ने पनि सुनाए । ‘यस्तो अवस्थामा हामीले संवैधानिक व्यवस्था फलो गर्नुपर्छ’,उनले थपे ।

संवैधानिक रुपमै सभामुखमा उम्मेद्धवारी दिने बाटो खुल्ला नभएकोले नेकपाले उम्मेद्धवार तय नगरेको उनको तर्क छ ।

उनले भने,‘संवैधानिक संकटको समाधान हुनेबित्तिकै सभामुखमा ए, बि, सि वा डि जो भएपनि उम्मेद्धवार तय हुन्छ । पहिला संकट फुकाउनुपर्छ ।’ ढिलो वा चाँडो उपसभामुख तुम्बाहाम्फेले राजीनामा दिनेमा आफू विश्वस्त रहेको पनि गुरुङको भनाई छ ।

उनले संवैधानिक पदमा बसेर बार्गेनिङ नगर्ने पनि उपसभामुख तुम्बाहाङ्फेलाई आग्रह गरेका छन् । संवैधानिक पदमा बसेर बार्गेनिङ गर्ने नैतिकता कसैलाई पनि नहुने र कम्युनिष्ट पार्टीमा त झनै स्वीकार्य नहुने तर्क गरे । उनले अघि भने, ‘यो फेयर पोलिटिक्स होइन ।’ व्यक्तिका ईच्छा, आकांक्षा पूरा गर्नको लागि सदन अवरुद्ध गर्न नहुने उनको भनाई छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

सरिता गिरीकाे ठाउँमा समाजवादीले लीला सिटौलालाई सांसद बनाउने

Read More →