Loading...
You are here:  Home  >  छापामा  >  Current Article

उपत्यकामा कोरोना सङ्क्रमणको भयावह स्थिति, बल्ल आइसोलेसन भवनको खोजी

२६ साउन,   खबरमञ्च,   at 7:01 AM

By   /  August 10, 2020  /  Comments Off on उपत्यकामा कोरोना सङ्क्रमणको भयावह स्थिति, बल्ल आइसोलेसन भवनको खोजी

    Print       Email

काठमाडौं । उपत्यकामा कोरोना संक्रमण भयावह हुन थालेपछि बल्ल स्वास्थ्य मन्त्रालय आइसोलेसन सेन्टर व्यवस्थापनमा जुटेको छ । काठमाडौं, भक्तपुर र ललितपुरमा दिनमा एक सय जनाभन्दा बढी संक्रमित देखिएपछि आइसोलेसनका लागि खाली भवन खोज्न थालिएको हो ।

मन्त्रालय सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार पहिला तोकिएका आइसोलेसन भरिएपछि कीर्तिपुरको आयुर्वेद अस्पतालमा क्षमता विस्तार गरेर दुई सय शय्या तयार गरिएको छ । त्यहाँ चार दिनअघिसम्म २० जना मात्रै संक्रमित राख्ने गरिएको थियो । ‘यो पनि भरियो भने वरिपरिका अरू खाली भवनमा समेत बेड व्यवस्था गरेर संक्रमित राख्ने योजना छ,’ डा. अधिकारीले भने ।

आयुर्वेद अस्पतालको कोरोना संक्रमित व्यवस्थापन टोलीका संयोजक डा. जितेन्द्र श्रेष्ठका अनुसार कीर्तिपुर नगरपालिकाले क्वारेन्टाइन बनाएको भवनमा आइसोलेसन बनाइएको हो । क्वारेन्टाइन खाली हुनेबित्तिकै वाईफाई, पानी, बत्तीको व्यवस्था गरेर लक्षण नभएका संक्रमितलाई आइसोलेसनमा राख्ने प्रबन्ध मिलाइएको थियो । तीनतले भवनको पहिलो र दोस्रो तलामा संक्रमितलाई राखिएको छ ।

भवनमा महिलाका लागि ४ वटा र पुरुषका लागि ८ वटा मात्रै शौचालय छन् । कार्यालय प्रयोजनका लागि बनाइएको यो भवनमा बाथरुम एउटा पनि छैन । डा. श्रेष्ठले आइतबार राति ९ बजेसम्म १ सय १६ जना संक्रमित भर्ना भएको जानकारी दिए । ‘२० जना संक्रमित व्यवस्थापन गर्ने कर्मचारीले एक सयभन्दा बढीलाई व्यवस्थापन गरिरहेका छौं । संक्रमित आउने क्रम जारी छ,’ उनले भने । आजको कान्तिपुर दैनिकमा खबर छ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

कोरोनाका विरामीलाई दिइने औषधि फाभिपाइराभिर ट्याब्लेट नेपालमा नै उत्पादन शुरु

Read More →