Loading...
You are here:  Home  >  समाज  >  Current Article

उद्योग वाणिज्य संघ बिर्तामोडका अध्यक्ष शिवाकोटी र वरिष्ठ उपाध्यक्ष न्यौपानेसहित ११ जना पक्राउ

८ असार,   खबरमञ्च,   at 1:17 PM

By   /  June 22, 2022  /  Comments Off on उद्योग वाणिज्य संघ बिर्तामोडका अध्यक्ष शिवाकोटी र वरिष्ठ उपाध्यक्ष न्यौपानेसहित ११ जना पक्राउ

    Print       Email

झापा । बिर्तामोड उधोग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवोकाटी, बरिष्ठ उपाध्यक्ष राजु न्यौपाने सहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख रुगमबहादुर कुँवरका अनुसार ४ जना पुरुष र ७ जना महिलालाई पक्राउ गरिएको हो।

अध्यक्ष शिवाकोटी तथा वरिष्ठ उपाध्यक्ष न्यौपानेसहितको टोलीले बिर्तामोड नगरपालिकाको कार्यालय भित्र प्रवेश गरेर हुलदंगा गर्न खोज्दा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

बिर्तामोड–५ स्थित बुधबारे हटियामा अनाधिकृत रुपमा व्यवसाय सञ्चालन गर्दै आएका व्यापारीलाई मिटर माग गर्दै आन्दोलनरत उनीहरुले नगरपालिकामा हुलहुज्जत गर्दै नगरभित्र प्रवेश गर्न खोजेपछि उनीहरुसहित ११ जनालाई नियन्त्रणमा लिएको डिएसपी कुँवरले जानकारी दिए ।

दुई दिनअघि मात्रै सर्वदलीय बैठकका क्रममा वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष न्यौपानेले मेयर पवित्रा महतारा प्रसाईमाथि दुर्व्यवहार गरेका थिए भने एमाले अध्यक्ष सुवास भट्टराईलाई हातपातको प्रयास गरेका थिए ।

सोही क्रममा न्यौपानेको नेतृत्वमा व्यापारीसमेतले नगरका विभिन्न संरचनामा तोडफोडको प्रयास गरेको थियो ।

वाणिज्य संघको नाममा गरिएको आन्दोलन अराजक भएपछि प्रहरीले बुधबार उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

झापामा हात्ती मृत भेटियो

Read More →